Advertisement
SKIP THIS
लागु औंषध,गुण्डा गर्दी ,तस्करी र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य :डिआईजी बोहरा

निराकरण खबर अछाम:सुदूरपश्चीम प्रदेश प्रहरी प्रमुख भरत बहादुर बोहराले समाजमा शान्ती सुब्यवस्था कायम गर्ने सहित अन्य ५ काम आफ्नो प्राथमीकतामा रहेको बताएका छन ।अछाममा रहेका बिभीन्न प्रहरी चौकीको उद्धघाटन गर्न अछाम पुगेका प्रहरी नायब महानिरीक्षक बोहराले सेवा प्रवाह,लागु औंषधी नियन्त्रण,गुण्डा गर्दी नियन्त्रण,तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य रहेको बताएका छन ।

आफुले सुदूरपश्चीम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिव ६ महिनामा ५ सय ५० बढी लागु औषधका कारोबारी प्रकाउ गरी मुद्धा चलाएको बताएका छन ।यस्तै लागु औैषधले घर परिवार नै ध्वस्त पार्ने हुदाँ लागु औंषध बारे कुनै सुचना भए प्रहरीलाई खबर गर्न आग्रह गरे । यस्तै आफुले प्रदेश माताहतका सबै युनिटलाई गुण्डा गर्दी नियन्त्रण गर्ननिर्देशन दिएको यदी निर्देशन पालना नभए प्रहरीलाई कारवाही गरिने बताए ।

सुदूरपश्चीम प्रहरी तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्न निर्मम भएर काम गरिरहेको बताउदै प्रहरी नायब महानिरीक्षक बोहराले देशमा तस्करी रोकिए मात्रै राज्यको अरोबौ रुपैया राजश्वको दायरामा आउने बताए । यस आर्थीक बर्षको २ महिनमा मात्रै सुदूरपश्चीम प्रहरीले ३ करोड बढीको राजश्व छली ल्याएको सामाग्री बरामद गरि भन्सार कार्यालय बुझाएको बताए ।

तपाईको प्रतिक्रिया