Advertisement
SKIP THIS
आज यी प्रदेशमा पानी पर्ने सम्भावना

अछाम: हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा सुदूरपश्चिम, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने विभागले जनाएको छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

तपाईको प्रतिक्रिया