काठमाडौं: सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो। आदेशको लिखित प्रति भने आइसकेको छैन। ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका थिए। उनले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।
मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो।