कविता
शीर्षक:
भ्रममा बाचिरहेकाे तीन पुस्ता
बाजेलाइ लाठी बाेक्न लगाइयाे देश बनाउन
बालाइ ढुङ्गा उचाल्न लगाइयाे देश बनाउन
मलाइ बन्दुक भिराइयाे देश बनाउन
न देश बाजेकाे पालामा बन्याे
न बाकाे
न त मेरै पालामा ……।
बन्नेहरु बने
राेडबाट कराेड बने
हात्तिछापबाट हात्तिका मालिक बने
छुपडीबाट महलमा सरे
मेरा तीन पुस्ता
काेहि लाठी बाेकेर
काेहि ढुङ्गा उचालेर
काेहि बन्दुक बाेकेर
भेट भरि एक छाक खान नपाइ मरे …..।
कहिले क्रान्ति भनियाे
कहिले समाजवाद
कहिले समृद्द नेपाल भनियाे
कहिले रेल
कहिले तेल
विचरा मेराे तीन पुस्ता …।
के बुझाेस् यस्ताे जालझेल र खेल …।
अब त्याग्छु तिम्ले भिराएकाे बन्दुक
जाग्छु ममाथिकाे भ्रम चिर्न
उठाछु बर्षौ देखि भ्रममा बाचिरहेका भुइमान्छेहरु
भत्काउछु तिम्राे भ्रमकाे दुनिया
नङ्ग्याउछु तिम्राे बास्तविकता
देखाउछु तिम्राे सक्कलि अनुहार
गर्ल्याम्म ढाल्छु तिम्राे भ्रमकाे सामराज्य
अब बाच्न दिन्न भ्रममा म मेराे पुस्ता
अब बाच्ने छैनन्
भ्रममा मेरा तीन पुस्ता
हर्क बिष्ट टीकापुर कैलाली