हेटौंडाः वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। मकवानपुरे पत्रकारिता क्षेत्रका जीवित इतिहासको निधनले नयाँ पुस्तालाई बिगतसँग साक्षात्कारको पुल टुटेको छ।
पाँच दशक बढी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पाण्डे नेपाल पत्रकार महासंघ मकवानपुरको संस्थापक सदस्य हुन्। मकवानपुरमा २०४४ सालमा महासंघको शाखा विस्तार गरिएको भएपनि २०४७ सालमा न्हुच्छेमान श्रेष्ठ अध्यक्ष रहने गरी कार्यसमितिलाई पूर्णता दिइएको थियो। पाण्डे सोही समितिको सदस्य थिए।
२००४ पुस १० गते उदयपुरको सिरुवानीमा जन्मिएका उनी नेपाली पत्रकारिता र शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएवापत थुप्रै पटक सम्मानित भएका छन्।










