आइतबार सार्वजनिक बिदा प्रकाशित मिति: शुक्रबार, आषाढ २४, २०७९ समय: १७:०८:०४ काठमाडौँ: सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको उपलक्षमा सरकारले २६ गते अर्थात आइतबार बिदा दिएको हो। गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभर बकर इदका दिन सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।