काठमाडौँ: बलात्कारको आरोपमा नेकपा (एस) सम्बद्ध युवा संघका एक नेता पक्राउ परेका छन्। संघका सचिवालय सदस्य तथा समाजवादीको धादिङ जिल्ला कमिटी सदस्य टीकाराम नेपाली जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।
प्रेमिकासँग विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको जानकारी दिएकोछ। विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए। युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि उनी पक्राउ परेका हुन्।