अछाम: सुदूर आजकर्मी पूर्णबहादुर खड्का ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच उनलाई पुरस्कार प्रदान गरेको हो ।
खड्काले पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याए वापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले खड्का सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेमा अन्य पत्रकारमा केशब भुल, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।
युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।









