Advertisement
SKIP THIS
कांग्रेसको चुनावलक्षित संगठन सुदृढीकरण अभियान तत्काललाई स्थगित

काठमाडौः नेपाली कांग्रेसको चुनावलक्षित संगठन सुदृढीकरण अभियान तत्काललाई स्थगित हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिले फागुन २० गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

तर, अभियानको तयारी नपुगेका कारण तत्काललाई अभियान स्थगित गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।

‘अहिले तत्काललाई अभियान स्थगित गर्नुपर्ने अवस्था बनेको छ, अभियानको राम्रो तयारी गरेरमात्रै अघि बढ्नुपर्ने अवस्था छ,’ ती नेताले भने, ‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अभियान चलाइने हो, त्यसैले अभियानको मिति तलमाथि हुने भएको छ।’

कांग्रेसले फागुन २० देखि चैत्र २० गतेसम्म ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने सन्दर्भमा पार्टीको अभियानको तयारी पूरा नभएको भन्दै अभियान स्थगित हुन लागेको हो।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ।

तपाईको प्रतिक्रिया