Advertisement
SKIP THIS
अध्यक्ष ओली भन्छन्, भीम रावल हिरो बन्न खोज्दैछन्

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलीय निर्णय विपरीत सांसद डा. भीम रावलले संसदीय प्रक्रियामा भाग लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार  एमसीसीबारे धारणा सार्वजनिक कार्यक्रममा ओलीले रावलले पार्टीको सल्लाहविपरीत संसदीय प्रक्रियामा भाग लिएको र एमसीसी सम्झौताबारे अभिव्यक्ति दिएको बताएका हुन्।  

‘उहाँ(भीम रावल)व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो। मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई आग्रह गरेको थिए’ ओलीले भने।

रावलले एमसीसीमाथि छलफलमा भाग लिएका थिए। एमाले भने संसदमा उपस्थित भएर पनि सभामुखको राजीनामा माग गर्दै रोष्टम घेराउ गर्दै आएको छ।

तपाईको प्रतिक्रिया