Advertisement
SKIP THIS
लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने

काठमाडौं:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।  आज बसको संसदीय दलको बैठकले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कार्यकारीणी सदस्य केशव झाका अनुसार बैठकमा एकमतले यस्तो निर्णय गरेको हो। त्यस्तै बैठकले अध्यक्ष महन्थ ठाकुरलाई सर्वाधिकार दिने र सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको उनले नयाँ पत्रिकालाई जानकारी दिए। 

संसदीय दलको बैठकमा एकमतले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। भोलिको संसद बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप पनि जारी गरेको छ,’उनले भने,‘एमसिसीबारे आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय पनि गरेको छ।’ भोलि संसदमा एमसिसीमाथि छलफलको कार्यसूची रहेको छ। आज कांग्रेस संसदीय दलले पनि सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको थियो।

तपाईको प्रतिक्रिया