Advertisement
SKIP THIS
पुस १५ गते सार्वजनिक बिदा

काठमाडौं :सरकारले तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ। तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताइन्।

उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।

तपाईको प्रतिक्रिया