काठमाडौं :नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन शुरु हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ । जसले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नेछ ।
यसअघि माओवादीले राष्ट्रिय सम्मेलन बनाउदै आएपनि शनिबारको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियाे ।
शनिबार पार्टीका प्रवक्ता कृष्णबहादुर महराले माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताएका थिए । आज बस्ने केन्द्रीय कमिटीको बैठकले उक्त रुपान्तरण गर्ने उक्त निर्णय अनुमोदन गर्नेछ ।
माओवादीले महाधिवेशनमा सहभागी हुनेहरुलाई खान बस्नका लागि आफै व्यवस्था गर्न लगाएको छ । अधिवेशन तीन दिन चल्नेछ ।
अधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै पार्टीको विधानलगायत अन्य दस्तावेज पेश हुने बताइएको छ । बन्दसत्रपपछि नयाँ नेतृत्व चयनको कार्यक्रम हुनेछन् ।
महाधिवेशनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने बताइएको छ।









