Advertisement
SKIP THIS
एमाले ओलीको निजी पार्टी हो, माधव नेपाल

दाङ: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वपार्टी नेकपा एमाले केपी शर्मा ओलीको निजीजस्तो बनेको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले एमाले जनताको नभएर केपी शर्मा ओलीको निजी पार्टी बन्न पुगेको टिप्पणी गरेक हुन् ।

पार्टीभित्र ओलीको व्यक्तिवादी प्रवृत्ति देखा परेका कारण आफूहरु पार्टीबाट अलगिएको नेता नेपालको भनाइ छ । ‘एमालेमा ओलीको व्यक्तिवादी प्रवृत्ति बढेपछि हामीले विद्रोह गर्‍यौं’, उनले भने, ‘ओलीले एमालेलाई व्यक्तिको पार्टी बनाउन खोजेपछि संघर्ष स्वरुप नयाँ पार्टी निर्माण गर्‍यौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले केपी शर्मा ओलीलाई जनताले लत्याउन शुरु गरेको पनि बताए । उनले ओली गणतन्त्र विरोधी भएको आरोप समेत लगाए ।

तपाईको प्रतिक्रिया