काठमाडौं:नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार नेता सिंहलाई उपप्रधान तथा गृह मन्त्रीको प्रस्ताव गरिएको छ । तर यसबारेमा कुनै निर्णय भने नभएको स्रोतले जानकारी दियो ।
“प्रस्ताव गरिएको हो, तर कुनै निर्णय भइसकेको अवस्था होइन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “गृह मन्त्रालयमा अहिले आफ्नै समूहको भएको हुँदा आन्तरिक छलफल बाँकी छ । कुनै निर्णय भइसकेको छैन तर छलफल चाहिँ भएको हो ।”









