Advertisement
SKIP THIS
महाधिवेशन प्रतिनिधि नै हारे अमरेशकुमारले

सर्लाही : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्न भएको चुनावमा चर्चित नेता अमरेशकुमार सिंह हारेका छन्।

महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा मा भएको मतदानमा प्रतिनिधि सभा सदस्यसमेत रहेका सिंह २४८ मतका साथ होरका हुन्।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सिंहको समूह नै हारेकाे हाे। त्यहाँ संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेता सिंह पक्षका नेता/कार्यकर्ता क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा हारेका हुन्।

सर्लाहीमा क्रियाशील सदस्यताको फाराम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो। उक्त विवादले उग्र रुप लिँदा त्यहाँ पटकपटक कार्यकर्ताबीच झडप भएका थिए भने प्रहरीले हवाइफायर नै गर्नुपरेको थियो।

तपाईको प्रतिक्रिया