निराकरण सम्वाददाता अछाम :अछामको चौरपाटी गाउँपालीकाले स्वकिय सचिव र सल्लाहकार भन्दै ३ लाख २५ हजार भुक्तानी गरेको छ।
सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७५ पहिलो संसोधनमा समेत स्थानीय तहका प्रमुख उप प्रमुखले स्वकीय सचिव सल्लाहकार राख्न पाउने ब्यवस्था गरेको छैन ।
तर चौरपाटि गाउँपालीकाले भने अधिकृत स्तरमा कर्मचारी भर्ना गरि मासिक २५ हजारका दरले ३ लाख २५ हजार भुक्तानी गरेको महालेखाको ५८ औ प्रतिबेदनमा उल्लेख छ।