Advertisement
SKIP THIS
१४ औँ महाधिवेशनमा एउटै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधिमा चयन

स्याङजा:नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सुरुवातमा भएको वडा अधिवेशनमा स्याङजाका एउटै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

सहमतीका आधारमा भएको अधिवेशनमा पुतलीबजार नगरपालिका-२, बाट क्षेत्रीय प्रतिनिधिमा एउटै घरका ६ जना चयन भएका हुन ।

क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरुमा ख्यामनारायण पराजुली, सुगम पराजुली, कमल पराजुली, युवराज पराजुली, कृष्ण पराजुली र रमा पराजुली रहेको वडा मतदान अधिकृत कृष्ण पराजुलीले जानकारी दिए ।
स्याङजामा ११ वटा स्थानिय तहका ९७ वटा वडामा अधिवेसन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया