Advertisement
SKIP THIS
एमालेका सचिव भीम आचार्यका भाई मृत फेला

सुनसरी :नेकपा (एमाले)का सचिव भीम आचार्यका भाइ मृत फेला परेका छन् । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा राम आचार्य मृत फेला परेका हुन् ।

इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ ।

मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

तपाईको प्रतिक्रिया