Advertisement
SKIP THIS
उर्लदो भेलमा बुढीगंगा नदिको दोहन, आफ्नै निर्णय कार्यान्वयन गर्न नगरकै आलटाल

निराकरण सम्वाददाता अछाम:आफुले गरेको निर्णयबाट साफेबगर पन्छीएको छ । बर्षाको २ महिना साउन र भदौमा साफेबगर नगरपालिका बुढीगंगा नदि लगायत अन्य खोलानाला क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने भनी असार १४ गते सार्वजनिक सुचना प्रकाशीत गरेको थियो ।

 

                          २ महिना नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने भनी असार १४ गते सार्वजनिक सुचना

तर साउन उर्लदो भेलमा समेत यो र त्यो बहानामा बुढीगंगा नदीबाट बालुवा निकासी भईरहेको छ । बुढीगंगा नदीको साफे मंगलसेन सडकको पक्की पुल ककड सात लगायतका क्षेत्रमा दिन दाहडै बालुवा उत्खनन् हुदाँ समेत साफेबगर नगरपालीका मौन रहेको छ ।

यस बिषयमा साफेबगर नगरपालिका कार्यवाहक नगरप्रमुख तथा नगर प्रवत्ता बालीगीरी कुवरले नदीबाट बालुवा निकासी भईरहेको भन्ने जानकारी आएको र प्र्रहरीलाई सहयोग मागेको र प्रहरीले हामीलाई कारवाही गर्ने अधिकार नभएकोले प्रकाउ गरि नगरपालीका बुझाईदिने नगरपालीकाले नै कारवाही गर्न भनेको बताए ।

न प्रहरीले प्रकाउ गर्यो न नगरले नै कुनै चासो देखायो
सोमबार नै बुढीगंगा नदीबाट बालुवा निकासी भईरहेको छ भन्ने प्रहरी र नगरका जनप्रतीनीधीलाई समेत जानकारी हुदाँ समेत न प्रहरीले ट्रयाकटर प्रकाउ गर्यो न त साफेबगर नगरपालीकाले नै चासो दियो, नगरले कुनै चासो र कारवाही नगर्दा पुन मंगरबार सोहि ठाउबाठ ट्याक्टरले बालुवा उठाईरहेको थियो ।

 

तपाईको प्रतिक्रिया