Advertisement
SKIP THIS
मेलम्चीमा पुन:ह बाढी,पुल सहित रेडियो मेलम्चीको भवन बगायो

सिन्धुपाल्चोक:मेलम्ची नदिमा शनिबार राती आएको बाढीका कारण थप क्षति पुगेको छ । असार १ गते आएको भीषण बाढीले क्षति पुगेका र जोखिममा रहेका स्थानहरुमा गएरातिको बाढीले थप क्षति पुर्‍याएको छ ।

बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ। भीषण बाढीले पुल बगाएको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारी ले जानकारी दिए।

असार १ गतेको बाढीले क्षति पुर्‍याएको रेडियो मेलम्चीको भवन गएरातिको बाढीले बगाएको छ । रेडियोका अध्यक्ष डम्बर रसिक भारतीका अनुसार राती पौने १ बजेतिर भवन ढलेर बगाएको जानकारी दिए ।

असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । खोलाबाट असार १ जस्तै आवाज आएको उनले बताएका थिए ।

बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया