Advertisement
SKIP THIS
लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्क बिहीन

काठमाण्डौ:नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री (ओली) सम्पर्क बिहीन भएको बताएको छ । प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

‘अस्ति (बिहीबार)सम्म हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, हिजो बिहानदेखि फोन पनि लागिरहेको छैन्’, घर्तीले भने ‘फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउँछ, कहिले पश्चिम देखाउँछ ।’

ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइँन । दाङ आएपछि सम्पर्क बिहीन बनेको घर्तीले बताए । अहिले ओलीसंग भएका दुईवटै मोवाईल नम्बरमा सम्पर्क हुँदैन । एनटिसीको नम्बर अफ छ, भने एनसेलको नम्बरमा सम्पर्क हुन सकेन भन्छ ।

ओली दाङ क्षेत्र नं. ३(ख)बाट निर्वाचित सांसद हुन् । उनका श्रीमान् तत्कालिन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा निर्वाचन भएको र पछि उनले दल रोज्दा माओवादी केन्द्र रोजेकी थिइन् ।naya patrika

तपाईको प्रतिक्रिया