काठमाडौं :प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिमण्डल विस्तारको विषयमा छलफल भएको बुझिएको छ।
बिहान बालुवाटारमा भएको छलफलमा आजै सरकारलाई पूर्णता दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ।









