Advertisement
SKIP THIS
आज (बुधबार) राति देशका यी तिन प्रदेशमा भारी बर्षा

काठमाडौं:अहिले (बुधबार साँझ) देशभर विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखका अनुसार प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै यस क्रममा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया