काठमाडौं: जबरजस्ती करणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ।
उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरेको हो।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो। उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए। उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए।
महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो।









