Advertisement
SKIP THIS
आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

पत्रपत्रिका:मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ।

नेविसंघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन्। जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो–नेवि संघ क्याम्पस एकाइ सचिव। उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन।

स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ। वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन्। तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाहबमोजिम अगाडि बढ्ने छु, तर मेरा समकालीन साथीहरूले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति इच्छुक हुनु स्वाभाविकै हो।’

कुलराजले भने जस्तै प्रत्येक २÷२ वर्षसम्म हुन नसकेको नेवि संघको अधिवेशन जिल्लामा सात वर्ष पुग्नै लाग्दा पनि हुन सकेन। नेवि संघका नेताहरूका अनुसार नेवि संघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ। यो अवधिमा एकाइ वा जिल्ला सदस्य बनेर नेवि संघको राजनीतिमा भित्रिएका युवाहरू त्यही पदमै सीमित बन्न पुगे। जिल्ला अधिवेशन नहुँदा नेवि संघको उपल्लो पदमा पुग्न चाहने युवाहरूलाई पार्टी राजनीतिका लागि सक्षम महशुस गराइदिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया