Advertisement
SKIP THIS
आज पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस

काठमाडौं:आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थियो।रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिनु भएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो। उनले अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो।

पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ।

शिक्षित युवापुस्तामा मौलाएको राणा विरोधी भावना, छिमेकी मुलुकमा फैलिएको लोकतन्त्र र स्वतन्त्रताप्रतिको चाहना, अनि मुलुकभित्र सामाजिक, आर्थिक शोषण र असमानताविरुद्धका जनसङ्घर्षलाई सङ्गठित पार्दै पुष्पलालले पहिलो पटक २००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेका थिए।

घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको उपाध्यायको भनाइ छ। माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।

वि.सं.२०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्ने दूरद्रष्टा नेता श्रेष्ठले गर्नु भएको गोगदानलाइ विर्सन सकिन्न।

२००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थियो।

तपाईको प्रतिक्रिया