Advertisement
SKIP THIS
स्वास्थ टीप्स : मिर्गौला खराब हुन नदिन यस्तो गर्नु होस्

स्वास्थ टीप्स : मिर्गौला खराब हुन नदिन यस्तो गर्नु होस्

काठमाडौँ :नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ ।

स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए । डा। श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए ।

तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा आउने गरेको उनको भनाइ छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

तपाईको प्रतिक्रिया