बान्नीगढी गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण तथा अनलाइन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सबै वडाहरुमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली मार्फत सञ्चालन गर्नको निम्ति सबै वडा सचिवका साथै कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बान्नीगढी जयगढ गाउँपालिकाका एम आई एस अपरेटर बल बहादुर साउद बताए ।
बान्नीगढी जयगढ गाउँपालिका सबै वडाहरुमा अबको केही दिनमै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुरु गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशिले बताए ।